काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएको छ ।
गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलरसम्म लैजान पाउनेछन् ।
हाल यस्तो रकमको सीमा २ हजार ५०० मात्र रहेको छ ।