शुक्रबार, असार २७,२०८२ 11:46:20
  • शुक्रबार, असार २७,२०८२ 11:46:20
Global IME Bank Limited

बुटवलपछि काठमाण्डौमा पनि खुल्यो करेन्ट प्वइन्ट, नयाँ स्वाद र फ्लेबरको मज्जा लिन सकिने

Hyundai Nepal
बुटवलपछि काठमाण्डौमा पनि खुल्यो करेन्ट प्वइन्ट, नयाँ स्वाद र फ्लेबरको मज्जा लिन सकिने
Shivam Cement

काठमाण्डौ । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट प्वइन्ट’को नयाँ शाखा काठमाण्डौमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट प्वइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज असार २७ गते शुक्रबारदेखि काठमाण्डौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

सिंहदरबारको विपरित दिसामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट प्वइन्टको उद्घाटन समारोहमा अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा करेन्ट प्वइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाण्डौमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमामण्डौका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट प्वइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’

उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट प्वइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिए ।  

करेन्ट प्वइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । 

साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाण्डौवासीलाई नौलो स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.