काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ८ सयमा भएको थियो । उक्त दिन सुनको मूल्य १ हजार रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउमा समेत वृद्धि भएको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।