मंगलवार, जेष्ठ ५,२०८३ 08:26:37
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:26:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमकहरुमा नविकरण नभएका पोलिसी थुप्रिदै, व्यवसायमा धक्का पर्ने सम्भावना

Laxmi Sunrise Bank Limited
जीवन बीमकहरुमा नविकरण नभएका पोलिसी थुप्रिदै, व्यवसायमा धक्का पर्ने सम्भावना
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेखको संख्या अर्थात् पोलिसी नविकरण नगर्नेको संख्या चुलिँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा व्यतित भएका बीमालेखको संख्या १२ लाख ४३ हजार ७६९ पुगेको छ ।  

यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवमा जीवन बीमा कम्पनीहरुमा यस्तो संख्या ११ लाख ४३ हजार ४७८ रहेको थियो ।  

जीवन बीमकहरुमा यसरी कुल जारी बीमालेखमा व्यतित बीमालेखको संख्या थुप्रिदै जाँदा कम्पनीहरुको व्यवसायमा धक्का पुग्ने देखिएको छ । सो अवधिसम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा बीमालेख बराबरको कुल १३ अ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा यता ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ बराबरको पोलिसी ल्याप्स भएका छन् ।  

Bizshala
New Office
CG Motors

यो व्यतित भएको बीमालेख रकम सरेण्डर भएको बीमालेख रकम भन्दा १६९.६५ प्रतिशत बढी हो । यसरी सरेण्डरमार्फत र व्यतित भएर अर्बौ रकम बाहिँरिदा र ल्याप्स हुँदा जीवन बीमकहरुको व्यवसाय खुम्चिने प्रबल सम्भावना देखिएको छ ।  

गत आवको तुलनामा व्यतित बीमालेख रकम १०.५४ प्रतिशतले बृद्धि भएको छ । गत आवको जेठ मसान्तसम्म व्यतित बीमालेख रकम ३३ अर्ब ३ करोड २० लाख रहेको थियो ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा पोलिसी नविकरण नगर्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ । विशेषतः कम्पनी र बीमा अभिकर्ताहरुले अधिकतम बोनसको प्रलोभन देखाएर बीमितको आर्थिक हैसियतको मूल्यांकन नगरी बीमा गराउने प्रचलनले पछिल्लो समय बीमा पोलिसी सरेण्डरदर र नविकरण नगर्ने संख्या बढ्दै गएको हो ।  

बीमा विज्ञहरुका अनुसार अभिकर्ताहरुले कमिसनको लोभमा बीमितको वित्तीय क्षमता मूल्यांकन नगरी बीमा गराउने प्रवृत्तिले यस्तो अवस्था निम्त्याएको देखिन्छ । साथै बीमा कम्पनी र अभिकर्ताहरुले कम्पनीले वितरण गर्ने अधिकतम बोनस देखाएर न्यूनतम बोनस पाउने बीमा पोलिसी बिक्री गर्ने प्रवृत्तिले पनि बीमा क्षेत्रमा यस्तो दर बढ्दै जानुको कारण हो ।  

बीमा कम्पनीहरुले व्यतित भएका बीमालेख नविकरणका लागि विभिन्न खालका स्किमहरु ल्याएपनि त्यस्ता योजनाले कुनै प्रभाव पार्न सकेको छैन । कम्पनीहरुले व्यतित भएका पोलिसीहरु रिन्यु गर्दा शतप्रतिशत छुट दिने जस्ता योजनाहरु ल्याएपनि बीमितहरुले यस्ता छुट तथा अवसरमा चासो राख्दैनन् । यस्तो अवस्था न्यूनीकरण गर्न बीमा कम्पनीहरुले बीमा गराउँदै बीमितको वित्तीय अवस्था र मनसाय बुझेर मात्रै बीमा गराउनुपर्ने विज्ञहरुको भनाई छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.