बिहीबार, श्रावण १,२०८२ 04:24:08
  • बिहीबार, श्रावण १,२०८२ 04:24:08
Global IME Bank Limited

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?

Hyundai Nepal
कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?
Shivam Cement

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ ।

कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ ।

यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरेको छ ।  

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताृहरूको हकमा ०.२५ प्रतिशतले छूट दिने व्यवस्था गरिएको छ ।

Muktinath Bikas Bank Limited

कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रू. एक करोडसम्म र घर मर्मत गर्नका लागि रू. ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।

यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा÷छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने÷गराउने प्रयोजनका लागि शैक्षिक सापटी रू. ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी रू. ६० लाखसम्म प्रदान गर्दै आएको छ ।

साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।

कोषबाट चालू आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।

काठमाण्डौ उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको छ ।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिव ५ लाख ८० हजार सञ्चयकर्ता र करिव ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X