काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८०७.८० रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५३.२० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरण प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले साउन २३ गते काठमाण्डौको तीनकुनेमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि २९ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।