मंगलवार, जेष्ठ ५,२०८३ 09:24:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:24:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि

Laxmi Sunrise Bank Limited
एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि
Shivam Cement

काठमाण्डौ । बीस वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  

उनीहरुमध्ये अधिकांशले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर फागुनको तुलनामा घटाएर प्रकाशित गरेका हुन् ।  

तर, एनआईसी एशिया बैंकले भने व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपतर्फकै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।  

केही बैंकले व्यक्तिगत र मुद्दति निक्षेपको फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

Bizshala
New Office
CG Motors

व्यक्तिगत मुद्दति निक्षेपतर्फको ब्याजदर बढाउने एनआईसी एशिया एउटा मात्र बैंक हो । ग्लोबल आईएमई र प्रभू बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर फागुनकैलाई निरन्तरता दिएका छन् । बाँकी सबैले घटाएका छन् ।  

यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ अधिकांशले ब्याजदर बढाएका छन् । त्यसमा पनि एनआईसी एशियाले फागुनको तुलनामा २५.८ प्रतिशतले ब्याजदर बढाएको छ । योसहित ९ वटा वाणिज्य बैंकले संस्थागततर्फ निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका छन् । ५ बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी ६ बैंकले घटाएका छन् ।  

समग्रमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर घटेको छ । फागुनको तुलनामा चैतका लागि तोकिएको ब्याजदरमा व्यक्तिगत मुद्दतितर्फ ६.४९८९ प्रतिशतले औसत ब्याजदर घटेको छ ।  

संस्थागत मुद्दतितर्फको ब्याजदर भने औसत ४.५३६२ प्रतिशतले बढेको छ ।  

बाँकी टेबलमा हेर्नुहोस्:

वाणिज्य बैंकहरुले फागुन र चैतमा निर्धारण गरेका निक्षेपको ब्याजदरबीचको तुलनात्मक अवस्था । 
Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.