काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आजको कारोबारमा समेत सुनको मूल्य वृद्धि भएको छ ।
सुनको मूल्य आज ०.९६ प्रतिशत अर्थात ३२.५५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ४२४ डलरमा भईरहेको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४१ डलरले बढेको थियो ।
डलर कमजोर बन्नु र विश्वका शक्तिशाली राष्ट्रबीचको बढ्यो व्यापारिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य वृद्धि भईरहेको छ ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ०.०५ डलरले बढ्दै प्रतिऔंस ३९.२३ डलर कायम भएको छ ।