बिहीबार, श्रावण ८,२०८२ 02:29:34
  • बिहीबार, श्रावण ८,२०८२ 02:29:34
Global IME Bank Limited

सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल

Hyundai Nepal
सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।  

सो अवसरमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिदै आएको बताए ।  

Muktinath Bikas Bank Limited

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य लिएको बताए । यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र वृहद अध्ययन सुरु गरेको जानकारी पाण्डेले गराए । परिसंघले यो उपलब्धी हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्ट रुपमा सुझाव तयार पार्ने बताए ।  

छलफलमा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.