नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक परेको छ । पूर्व अध्यक्ष बस्न्यातकी श्रीमती शान्ति बस्न्यातको ८० वर्षको उमेरमा मंसीर १३ गते कुपण्डोलस्थित निवासमा स्वर्गारोहण भएको हो । उनको मृत्युको खबरले स्तब्ध बनाएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

