काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक,ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपालबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्राउनका लागि आवश्यक रणनीति बारे छलफल भएको थियो ।
साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो ।
स्पेनमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै स्पेनमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो । स्पेनमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।