काठमाण्डौ । भारतको नागपुरका चिया बिक्रेता सुनील पाटिल ‘डली चायवाला’को नामले प्रसिद्ध छन् । आजकल उनी सामाजिक सञ्जालमा फेरि चर्चामा छन् । भारतभर ‘डली की टपरी’ नामबाट फ्रेन्चाइजी खोल्ने भएको उनी फेरि चर्चामा आएका हुन् ।
हालै मात्र ४८ घण्टामा १ हजार ६०९ जनाले उनको फ्रेन्चाइजीका लागि आवेदन दिएका छन् । यो मोडल ४.५ लाख भारुबाट सुरु हुन्छ। साना सहरका उद्यमी, लगानीकर्ता र ब्रान्ड विज्ञहरूले यसलाई धेरै मन पराएको भारतीय मिडियाले बताएका छन् । डली चायवालाको मार्केटिङ रणनीतिले ठूला विज्ञहरूलाई समेत प्रभावित पारेको छ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले डलि चायवालाको चिया पिएपछि सामाजिक सञ्जालमा डली चायवालाको लोकप्रियता झनै बढेको थियो। हाल उनले ‘डली की टपरी’ अन्तर्गत उनले विभिन्न प्रकारका फ्रेन्चाइजी अफर गरिरहेका छन् । यसमा ठेलामा बिक्री गर्नेका लागि ४.५ देखि ६ लाख भारु, पुलका लागि २० देखि २२ लाख र ठूलो क्याफिेका लागि ३९ देखि ४३ लाख भारु तोकिएको छ । फ्रान्चाइजीलाई डलीको विशेष शैलीमा चिया बनाउने तालिम समेत दिइनेछ ।
साथै, उनीहरूले डिजिटल सामग्री र चिया बनाउन आवश्यक वस्तुहरू पनि पाउनेछन्। प्रत्येक हप्ता सबै कुरा समान छ कि छैन भनेर सबै पसलहरुमा जाचँ समेत गरिने जनाइएको छ । प्रत्येक पसलले प्रत्येक हप्ता कम्तिमा तीनवटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।
ब्रान्ड विशेषज्ञहरूले उनको बजारीकरणको शैलीलाई धेरै मन पराएका छन् र उनले आफ्नो लोकप्रियतालाई व्यवसायिक तरीकाले अघि बढाएकोमा उनीहरुले प्रंशंसा गरेका छन् ।
डलीको इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर्स र युट्युबमा २० लाखभन्दा बढी सब्सक्राइबर छन् ।