आईतवार, असार ८,२०८२ 10:45:45
  • आईतवार, असार ८,२०८२ 10:45:45
Global IME Bank Limited

सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । धितोपत्र बजार पुँजीकरणमा हाइड्रोपावर कम्पनीहरुको १५.९ प्रतिशत हिस्सा छ ।  

पछिल्लो समय दोस्रो बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा हाइड्रोपावर कम्पनीका स्टकको बढी चहलपहल हुने गरेको छ । छोटो अवधिका लागि लगानी गर्न हाइड्रोपावर कम्पनीहरु उचित हुने सेयर लगानीकर्ताहरु बताउँछन् ।  

नेप्सेमा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु सूचीकृत भएकाले कारोबारमा पनि हाइड्रोपावर कम्पनीहरु नै आउने गरेको लगानीकर्ताहरुको भनाई छ । तर दोस्रो बजारमा अधिकांश हाइड्रोपावर कम्पनीका सेयरभाउ सस्तोमै पाइन्छ ।  

अन्य कम्पनीको तुलनामा सेयरबजारमा हाइड्रोपावर कम्पनीहरु बढी हुनु र सूचीकृत कम्पनीहरुमध्ये यस्ता कम्पनीहरुको वित्तीय अवस्थामा पनि कम बलियो हुने भएकाले दोस्रो बजारमा यी कम्पनीहरुको मूल्य सस्तो हुने बजार जानकार सरोज भट्टराई बताउँछन् ।  

सेयरबजारमा ४ वटा हाइड्रोपावर कम्पनीको सेयरभाउ भने ६ सय रुपैयाँभन्दा बढी छ । अधिकांश जलविद्युत कम्पनीको सेयरभाउ ५ सय वा सो भन्दा तल हुँदा कुथेली बुखरी स्मल, इमर्जिङ नेपाल, सुपरमाई हाइड्रो, रुरु जलविद्युत र माण्डू हाइड्रो गरी ४ वटा कम्पनीको सेयरमूल्य भने ६ सयभन्दा बढी छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उक्त कम्पनीहरुले उत्कृष्ट नाफा कमाएका छन् । आधा जसो हाइड्रोपावर कम्पनीहरु घाटामा हुँदा यी ४ वटाले विद्युत बिक्री आम्दानीसँगै खुद नाफा कमाउन सफल भएका छन् ।  

सेयरबजारमा सर्वाधिक सेयरभाउ भएका यी ४ वटा कम्पनीको तथ्याङ्क विश्लेषण गरेका छौं । तर यो विश्लेषण कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको भने होइन ।  

चुक्तापुँजीको आधारमा  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी चुक्तापुँजी माण्डू हाइड्रोपावरको छ । दोस्रो बजारमा चुक्तापुँजी बढी भएका कम्पनीहरुको सेयरभाउ पनि कम हुने सम्भावना बढी रहन्छ । पुँजी बढी भएका कम्पनीको सूचीकृत संख्या पनि बढी हुने हुँदा डिमाण्ड भन्दा बढी सप्लाई हुने हुँदा सेयरभाउ घट्ने सम्भावना रहन्छ । दोस्रो त्रैमाससम्म माण्डू हाइड्रोको चुक्तापुँजी १ अर्ब ३६ करोड रुपैयाँ छ ।  

रिजर्भको आधारमा  

हाइड्रोपावर कम्पनीहरुले बिद्युत बिक्री आम्दानी तथा अन्य आम्दानीको केही प्रतिशत रकम रिजर्भमा संचित गरेको हुन्छ । भविष्यमा सेयरधनी र कर्मचारीलाई प्रतिफल दिन वा व्यवस्थापनमा खर्चिनका लागि रिजर्भमा रकम छुट्याएकार राखेका  हुन्छन् । पुष मसान्तसम्म सबैभन्दा बढी माण्डू हाइड्रोले ३७ करोड १९ लाख रुपैयाँ रिजर्भमा संचित गरेको छ ।  

बिद्युत बिक्री आम्दानीको आधारमा  

हाइड्रोपावर कम्पनीको मुख्य आम्दानीको स्रोत भनेको नै बिद्युत बिक्री हो । आम्दानीको आधारमा नै कम्पनीले खुद नाफा आर्जन गर्न सक्दछ । चालु आवको दोस्रो त्रैमाससम्म बिजुली बेचेर सबैभन्दा बढी आम्दानी माण्डू हाइड्रोले ४१ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

खुद नाफाको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति नाफा आर्जन गरेको छ, त्यो बुझ्न जरुरी हुन्छ । आर्जित मुनाफाकै आधारमा कम्पनी जोखिम छ वा छैन त्यो पत्ता लगाउन सकिन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी मुनाफा माण्डूले नै कमाएको छ । कम्पनीले १० करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

ईपीएसका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० कति छ बुझ्न जरुरी हुन्छ । कर पछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै ईपीएस माण्डू हाइड्रोपावरको २५.०२ रुपैयाँ छ ।  

नेटवर्थको आधारमा

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि कम्पनीहरुको लागि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । दायित्व बढ्दै जाँदा कम्पनीको नाफामा संकुचन आउन सक्ने सम्भावना हुन्छ । चालु आवको ६ महिनासम्ममा सबैभन्दा बढी नेटवर्थ कुथेली बुखरी स्मल हाइड्रोको १५७.४९ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । दोस्रो त्रैमाससम्म सबैभन्दा थोरै पीई रेसियो रुरु जलविद्युत कम्पनीको २०.७८ गुणा छ ।  

अधिकतम र न्यूनतम सेयरभाउको आधारमा

उक्त पाँच हाइड्रोपावरमध्ये जुनकुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले सो कम्पनीको सेयरभाउ अधिकतम र न्यूनतम कतिसम्म पुगेको छ त्यो थाहा पाउनुपर्दछ । अधिकतम तथा न्यूनतम मूल्य र अन्तिम मूल्य कति छ त्यसैको आधारमा आफुले कतिसम्म लगानी गर्ने त्यो विश्लेषण गर्नुपर्ने हुन्छ । नेप्सेको फ्लोरसिटअनुसार सबैभन्दा बढी सेयरभाउ कुथेली बुखरी स्मल हाइड्रोको १०२९ रुपैयाँ छ । कम्पनीको सेयरभाउ १२१० रुपैयाँ अधिकतम र न्यूनतम ४७९ रुपैयाँ पुगेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.