काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नु पर्ने भएको छ । महानगरको हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास भएसँगै यस्तो व्यवस्था गर्न लागिएको हो ।
यसबारे नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । महानगरको हटलाइनमा सार्वजनिक स्थलहरुमा धुम्रपान भएको भन्ने व्यापक गुनासो आएसँगै जरीवाना गर्न लागिएको पाण्डेले बताए । उनले साउन महिनाभरी यसका लागि जनमानसमा व्यापक प्रचार गरिने र भदौबाट कारवाही गरिने बताए ।
यस्तै जथाभावी सवारी साधन पार्कि गर्नेलाई समेत जरीवानाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपाङ्ग्रे सवारी साधन र मोटरसाइकल र स्कुटीलाई एक हजार जरिवाना तिराइने बताए । यस्तै सानो चारपांग्रे सवारी साधन लाई २५०० जरिवाना गरिने उनले बताए ।
यस्तै मझौला सवारी साधन लाई ३५ सय र ठूला सवारी साधनलाई ५ हजार जरीवान तिरा्रइने उनले जानकारी दिए।