मंगलवार, जेष्ठ ५,२०८३ 07:28:46
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:28:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल इन्जिनियरिङ कलेजमा एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने

Laxmi Sunrise Bank Limited
नेपाल इन्जिनियरिङ कलेजमा एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने
Shivam Cement

काठमाण्डौ। चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक( मा एशिएन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने भएको छ । वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियोगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आह्वान गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई यो वर्षको अवधारणा र कार्यादेश समेत दिइएको छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् । ‘विद्यार्थीहरूलाई १३ औं संस्करणको एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको अवधारणा र कार्यादेश दिएका छौं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ,’ कलेजकी आर्किटेक्चर विभागकी सहायक प्राध्यापक स्वेता अमात्यले बताइन्।

उनका अनुसार प्रतियोगितामा यस पटकदेखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियोगितामा छनौट हुनेछन् ।

Bizshala
New Office
CG Motors

स्नातक तहको चौथो वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरूबीचको प्रतिष्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

आर्किटेक्चरहरूले हासिल गरेको ज्ञान, सीप र कलालाई प्रतियोगिताले राष्ट्रिय लेवलमा उजागर गर्ने अपेक्षा गरिएको कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताए । राष्ट्रिय प्रतियोगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूको प्रतिष्पर्धा हुनेछ ।

नेक–आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।

शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.