बिहीबार, श्रावण १५,२०८२ 11:55:53
  • बिहीबार, श्रावण १५,२०८२ 11:55:53
Global IME Bank Limited

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

Hyundai Nepal
चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाण्डौको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।  

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाईन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए ।  

Muktinath Bikas Bank Limited

वृहत स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य परिक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरे ।  

महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यवसायिक गतिविधी समेत गर्दै अघी बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए ।  

स्वास्थ्य शिविरबाट काठमाण्डौको मनमैजु क्षेत्रका १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य लाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.