बिहीबार, श्रावण १५,२०८२ 01:59:57
  • बिहीबार, श्रावण १५,२०८२ 01:59:57
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ’ प्याटर्न, मनी फ्लोमा पनि कमजोर बन्दै बजार !

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ’ प्याटर्न, मनी फ्लोमा पनि कमजोर बन्दै बजार !
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा अजाको बजारलाई क्याण्डल स्टिकरबाट नियाल्दा बियरिस इन्गल्फिङ प्याटर्न बनेको छ ।  

यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ प्याटर्न भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।  

त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्डलाई छोडेको अवस्था छ । अब बजार मध्य ब्याण्डसम्म सपोर्ट लिन आउन पनि सक्छ । म्याक्डीमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् ।  

Muktinath Bikas Bank Limited

आरएसआई ओभर बट जोनबाट खसेर हाल ७० को तहमा आइपुगेको छ । मनी फ्लो इन्डेक्सले यस अघि नै बियरिस डाइभर्जेन्स देखाई सकेको छ । आइतबार एकै दिनको कारोबार साढे २६ अर्बबाट खुम्चिएर आज यस्तो कारोबार १६ अर्बमा सीमित भएको छ । यद्यपी यस्तो कारोबार २० दिनको औषत कारोबार भन्दा बढी छ । यो भनेको अझै पनि कारोबार बलियो नै रहेको छ भन्ने हो ।  

पिभट् मार्फत नियाल्दा आज २ हजार ९५४ विन्दुमा बन्द भएको बजारले अब क्रमशः २९४४, २८९५ र २८०८ मा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले क्रमशः ३०३०, ३०८० र ३१६६ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.