शुक्रबार, श्रावण १६,२०८२ 03:43:45
  • शुक्रबार, श्रावण १६,२०८२ 03:43:45
Global IME Bank Limited

बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट, आम्दानी बढेसँगै सेयरमूल्यमा उछाल

Hyundai Nepal
बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट, आम्दानी बढेसँगै सेयरमूल्यमा उछाल
Shivam Cement

काठमाण्डौ । विश्व बजारमा ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको अर्को एउटा कम्पनी थपिएको छ । यससँगै ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको कम्पनीको संख्या दुई पुगेको छ ।  

अमेरिकी टेक कम्पनी माइक्रोसफ्टको बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको हो । कम्पनीले अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेसँगै सेयरमूल्यमा उछाल आउदा कम्पनीले यो दुलर्भ किर्तिमान हासिल गरेको हो । बुधबार कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढ्यो । जसका कारण कम्पनीको धितोपत्र बजार पूँजीकरण ४.१ ट्रिलियन डलर पुगेको छ ।

Muktinath Bikas Bank Limited

यसअघि ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको कम्पनीको रुपमा एनभिडिया मात्रै थियो । एनभिडियाले पनि यो रेकर्ड केही समयअघि मात्रै राखेको हो ।  

माइक्रोसफ्टको आम्दानी १८ प्रतिशतले बढेको प्रतिवेदन सार्वजनिक भएको छ । जुन विगत ३ वर्षकै उच्च वृद्धि हो । एज्योर क्लाउड कम्प्युटिङ बिजनेशका कारण कम्पनीको आम्दानी वृद्धि भएको छ । कम्पनीले एज्योरको आम्दानी पहिलोपटक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सन् २०२५ को वित्त वर्षमा एज्योर र अन्य क्लाउड सर्भिसबाटको आम्दानी ७५ बिलियन डलर नाघेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी हो ।  

बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१३ डलर कायम भएको छ । वार्षिक रुपमा कम्पनीको सेयरमूल्य २२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय एआई व्यवसायबाट माइक्रोसफ्ट र एनभिडियाले लोभलाग्दो आर्जन गरिरहेका छन् ।        

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.