शुक्रबार, श्रावण १६,२०८२ 03:18:34
  • शुक्रबार, श्रावण १६,२०८२ 03:18:34
Global IME Bank Limited

‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौं । आज बजारमा दिनभर घटेर कारोबार भयो । इन्ट्रा डेमा सकारात्मक भएता पनि अन्त्यमा भने बजार ३१.५० अंकले घटेर बन्द भयो । बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा आज पनि वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । त्यसैगरि, बजारलाई आवरली टाइमफेरेममा नियाल्दा यो साताको पछिल्लो कारोबारमा नेप्सेमा  ‘डबल टप’ प्याटर्न बनेको छ । बढ्दो बजारमा डबल टप प्याटर्न बन्छ भने बजारमा बिक्रीकर्ता हाबी भएको मानिन्छ ।

तर यस विपरित घट्दो बजारमा डबल बटम प्याटर्न बन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मानिन्छ । यसअघि ३ हजारको विन्दुबाट खसेको बजार आज २९२९ को विन्दुबाट पनि तल खसेको छ । जसलाई ‘नेक लाइन’ पनि मानिन्छ । प्राविधिक विश्लेषणमा एकपटक बढेको बजार घट्न थालेपछि कति तलसम्म आउछ भन्ने जिज्ञासाको समाधान गर्ने एक विधि भनेको ‘फिवोनासी रिट्रेसमेन्ट’ पनि हो ।  

Muktinath Bikas Bank Limited

फिवोनासी गोल्डेन रेसियोको आधारमा बजारको ०.२३ प्रतिशतको सपोर्ट पनि २९२९ मा नै पर्न आउछ ।  जसलाई आज बजारले एकपटक टेष्ट गरेर पनि तल खसेको देखिन्छ । अबको अर्को सपोर्ट भनेको ०.३८ प्रतिशत अर्थात २८६० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्डलाई छोडिसकेको अबस्था रहेको छ । अब बजारले मध्य ब्याण्डमा सपोर्ट लिन सक्छ । आरएसआई ओभर बट जोनमा एम प्याटर्न बनाएर खसेर ६३ को तहमा चलेको देखिन्छ । एमफआइमा भने यस अघि नै बियरिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

कारोबार तथा भोल्यूमबाट नियाल्दा भने आज अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढेको  देखिन्छ । जसलाई खासै राम्रो मान्न सकिन्न । यद्यपी हालसम्म बजारमा २० दिनको औषत कारोबार भने आएको देखिन्छ । यसले बजार मजबुत नै रहेको र हालको घटाइ बुल भित्रको करेक्सन रहेको भन्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.