काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.९७ प्रतिशत अर्थात ६५.०९ डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य प्रतिऔंस ३ हजार ३६३ डलरमा कोरोबार भईरहेको छ । अमेरिकी पे रोल डेटा अपेक्षा गरेभन्दा कमजोर देखिएपछि फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने सभावना बढेसँगै सुनको मूल्य बढेको हो । यसका साथै अमेरिकाले आफ्ना व्यापारिक साझेदार राष्ट्रहरुमाथि नयाँ ट्यारिफको घोषणाले समेत सुनको मूल्य बढ्नमा सहयोग पुर्याएको विश्लेषकहरुले बताएका छन् ।
जुलाई महिनामा अमोरिकाको श्रमबजारमा रोजगार वृद्धिदर अपेक्षा गरेभन्दा कम देखिएको छ । जसका कारण बजार विश्लेषकहरुले यो वर्षको अन्त्यसम्म फेटले दुईपटकसम्म ब्याजदर बटौती गर्नसक्ने आँकलन गरेका छन् ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको भाउ समेत बढेको छ । चाँदी ०.३६ डलरले बढ्दै प्रतिऔंस ३७.०३ डलरमा कारोबार भईरहेको छ ।