आईतवार, जेष्ठ ३,२०८३ 10:48:35
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:48:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर बजारमा तिव्र उतारचढाव देखियो । पछिल्लो ३ कोरोबाटदेखि घटेको बजारमा यो अवधिसम्म नेप्से परिसूचक १४३ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।

त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेर तल खसेको बजारले आज मध्य ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ । अब यदि बजारले मध्य ब्याण्डमा सपोर्ट लिन्छ भने बजारले यहाँबाट माथिको यात्रा तय गर्न सक्छ । तर मध्य ब्याण्डबाट तल खसेमा भने बजार तल्लो ब्याण्डसम्म पनि आउन सक्छ ।

Bizshala
New Office
CG Motors

त्यसैगरि, म्याक्डीबाट नियाल्दा आज बजारमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेका छन् । आरएसआई ओभरबट जोनबाट खसेर हाल न्यूट्रल जोनमा आएको छ । मनी फ्लो इन्डेक्स पनि न्यूट्रल जोनमा नै चलेको देखिन्छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा पहिलोपटक २० दिनको औषत भोल्युममा भन्दा कम कारोबार भएको देखिन्छ । यदि आगामी कारोबारमा पनि बजारमा कारोबार तथा भोल्यूममा सुधार हुँदैन भने बजार साइडवेजमा चल्न पनि सक्छ ।

पिभट् मार्फत नियाल्दा आज २८८० विन्दुमा पहिलो सपोर्ट भत्काएको बजारले अब नजिकको सपोर्ट २८४२ र त्यस पछि २७७० विन्दुमा लिन सक्छ । बढेमा भने बजारले २९२९, २९५५ र २९९५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.