काठमाण्डौ । आज दिनभर बजारमा तिव्र उतारचढाव देखियो । पछिल्लो ३ कोरोबाटदेखि घटेको बजारमा यो अवधिसम्म नेप्से परिसूचक १४३ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।
त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेर तल खसेको बजारले आज मध्य ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ । अब यदि बजारले मध्य ब्याण्डमा सपोर्ट लिन्छ भने बजारले यहाँबाट माथिको यात्रा तय गर्न सक्छ । तर मध्य ब्याण्डबाट तल खसेमा भने बजार तल्लो ब्याण्डसम्म पनि आउन सक्छ ।
त्यसैगरि, म्याक्डीबाट नियाल्दा आज बजारमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेका छन् । आरएसआई ओभरबट जोनबाट खसेर हाल न्यूट्रल जोनमा आएको छ । मनी फ्लो इन्डेक्स पनि न्यूट्रल जोनमा नै चलेको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा पहिलोपटक २० दिनको औषत भोल्युममा भन्दा कम कारोबार भएको देखिन्छ । यदि आगामी कारोबारमा पनि बजारमा कारोबार तथा भोल्यूममा सुधार हुँदैन भने बजार साइडवेजमा चल्न पनि सक्छ ।
पिभट् मार्फत नियाल्दा आज २८८० विन्दुमा पहिलो सपोर्ट भत्काएको बजारले अब नजिकको सपोर्ट २८४२ र त्यस पछि २७७० विन्दुमा लिन सक्छ । बढेमा भने बजारले २९२९, २९५५ र २९९५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।