काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झनै ४४ अर्ब रुपैयाँ प्रिमिमय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८१–८२ मा १४ निर्जीवन बीमा कम्पनीले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
यो बीमाशुल्क रकम आव २०८१–८१ को तुलनामा ६.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
अघिल्लो आवको तुलनामा गत आवमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको मात्रै व्यवसाय घटेको छ भने सबै बीमा कम्पनीको व्यवसाय बढेको छ ।
गत आवमा सबैभन्दा बढी व्यवसाय भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ५ अर्ब ७९ क रोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनी बनेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब २ करोड, हिमालयन एभरेष्टले ४ अर्ब १० करोड, आइजीआई प्रुडेन्सियले ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड, युनाइटेड अजोडले २ अर्ब ७८ करोड, द ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड, सानिमा जिआइसीले २ अर्ब ७० करोड, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड र नेशनलन इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।
अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी व्यवसाय बढाउने कम्पनीमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले २८।१२ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।
