आईतवार, श्रावण २५,२०८२ 09:08:14
  • आईतवार, श्रावण २५,२०८२ 09:08:14
Global IME Bank Limited

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच

Hyundai Nepal
पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच
Shivam Cement

काठमाण्डौ । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।

पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंशा गरे ।

Shivam Cement
Muktinath Bikas Bank Limited

‘हामी जलविद्युत, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौं,’ राजदूत पाउलिनिचले  भने,  ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’

नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ ।

आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।  

कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि  महत्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौं,’ उनले भने, ‘दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न म आफ्नो ऊर्जा केन्द्रित गर्नेछु ।’

कार्यक्रममा काठमाण्डौस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कुटनीतिक र सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । पेरु गणतन्त्रका स्थानीय परिकार तथा भेषभुषाको प्रदर्शनी गरिएको कार्यक्रम मेरियट होटलमा आयोजना गरिएको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.