काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा र आम्दानी दुवैमा सामान्य वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १५ करोड ९९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०७ प्रतिशतले बढी हो ।
आम्दानी बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । कम्पनीले ६ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म कम्पनीले ४ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन खर्च र ३ करोड ६७ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी ५९ करोड ४९ लाख रुपैयाँ छ भने रिजर्भको आकार १२ करोड १२ लाख रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.१३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२०.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८.६१ रुपैयाँ, तरलता अनुपात २३.१४ प्रतिशत र मूल्य आम्दानी अनुपात ८४.६५ गुणा कायम भएको छ ।