सोमबार, जेष्ठ ४,२०८३ 12:43:35
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:43:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी

Laxmi Sunrise Bank Limited
२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी
Shivam Cement

काठमाण्डौ । हालसम्म २० वटा म्यचुअल फण्डले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापकहरुले आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वार्षिक रुपमा नगद लाभांश गरेका हुन्छन् ।  

म्युचुअल फण्ड म्यानेजरले वार्षिक रुपमा आर्जित नाफाबाट इकाईधनीहरुलाई कति नगद लाभाश बाँड्ने त्यो मूल्यांकन गर्दछ । यस्तो नाफा फण्डले लगानी गरेका सेयर, ऋणपत्र वा निक्षेप जस्ता क्षेत्रहरुबाट आएको आम्दानीमा आधारित हुन्छ ।  

तर, सबै म्युचुअल फण्डले लाभांश दिनैपर्छ भन्ने छैन । यदि फण्डले लाभांश नदिएरु पुनः लगानी गर्न भने त्यो ग्रोथ विकल्प अन्तर्गत पर्छ । यदि कुनै म्युचुअल फण्ड घाटामा वा भनेजस्तो नाफा आर्जन नगरेको अवस्थामा त्यस्ता फण्डहरुले लाभांश नबाँड्न पनि सक्छ ।  

गत आव २०८१/८१ को आर्जित मुनाफाबाट हालसम्म २० फण्डले लगानीकर्तालाई नगद लाभांश प्रस्तावा गरेका छन् । जसमा आधा जसो फण्डले १० प्रतिशत भन्दा बढी र आधा जसोले १० प्रतिशत भन्दा थोरै नगद लाभाश घोषणा गरेका छन् ।  

Bizshala
New Office
CG Motors

गत आवको नाफाबाट सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरु छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ ।  

साथै क्यापिटलकै अर्को म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने १७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी तीनवटै फण्डकाले बुकक्लोज हुन बाँकी छ । यसर्थ लगानीकर्ताले दोस्रो बजारबाट यी तीनवटै फण्डको इकाई खरिद गर्दा सो प्रतिशत दरको लाभांश पाउन सकिनेछ ।  

यता लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडद्वारा सञ्चालित लक्ष्मी उन्नती कोषले पनि २० प्रतिशत नगद लाभांश गरेको छ । क्यापिटलकै अर्को फण्ड लक्ष्मी भ्यालु फण्ड–२ ले भने १५ प्रतिशत र शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो क्यापिटलको फण्डहरुको पनि बुकक्लोज मिति तय हुन बाँकी नै छ ।  

त्यस्तै, सनराइज क्यापिटल लिमिटेडका म्युचुअल फण्डहरु सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले १३.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो क्यापिटलका फण्डहरुको पनि बुकक्लोज मिति तय हुन  बाँकी नै छ ।  

साथै एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरु एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ९.९० प्रतिशत, एनआइसी एशिया सेलेक्ट–३० ले ८.६५ प्रतिशत र एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एनआइसी एशिया क्यापिटलको म्युचुअल फण्डहरुको पनि बुकक्लोज हुन बाँकी रहेकोले अझैपनि उक्त फण्डका इकाईहरु खरिद गर्दा प्रस्तावित लाभांश पाइनेछ ।  

त्यस्तै, नबिल फ्लेक्सी क्याप फण्डले ९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, एनआइबीएल सहभागीता फण्डले ७ प्रतिशत, गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत, एनएमबी सरल बचत–ई ले ४.२७ प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड–१ ले ३.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.