• मंगलवार, श्रावण २७,२०८२ 12:12:57
Global IME Bank Limited

हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.१४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ७ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भको आकार २३ अर्ब ३५ करोड रुपैयाँ धनात्मक रहेको छ ।  

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ । बैंकको निक्षेप संकलन २ खर्ब ९३ अर्बबाट बढेर ३ खर्ब ९ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह पनि २ खर्ब ३० अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ५ अर्ब २६ करोड रुपैयाँ छुट्टाएको कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब ५३ करोड रुपैयाँ छुट्टाएको छ ।  

चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)भने ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२२.०९ रुपैयाँ र तरलता अनुपात ३० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.