IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:18:52
IME remit
Global IME Bank Limited

नेशनल लघुवित्तले कमायो साढे ४७ करोड नाफा, लाभाश क्षमता ३३%

Hyundai Nepal
नेशनल लघुवित्तले कमायो साढे ४७ करोड नाफा, लाभाश क्षमता ३३%
Shivam Cement

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी २१.६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

गत आवमा संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो । 

सो अवधिसम्म संस्थाको सिडि रेसियो ३८९.२८ प्रतिशत र बेस रेट ११.३२ प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ रहेको छ । संस्थाको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ३३.०५ प्रतिशत रहेको छ । 

संस्थाको रिटेन्ड अर्निङ ४४ करोड १ लाख ८३ हजार, रिर्जभ फण्डमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै संस्थाको इपीएस १८.३९ रुपैयाँ बढेर ३५.६० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३३ गुणा र तरलता अनुपात २०.३० प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.