IME remit
  • बुधबार, श्रावण २८,२०८२ 10:12:12
IME remit
Global IME Bank Limited

भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार आज अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लोपटक साढे २६ अर्बबाट खसेको बजारमा दैनिक कारोबार निरन्तर घटिरहेको छ । आजको कारोबार असार १० गते पछिकै न्यून हो ।  

त्यसबेला करिब ६ अर्ब कारोबार भएको थियो । आज भने ६ अर्ब १६ करोड मात्रै कारोबार भएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड जोन २४ को तहमा बन्द भएको छ । घट्दो बजारमा यस्तो विन्दु २० भन्दा तल पनि आउन सक्छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

अघिल्लोपटक बजार खस्दा करिब ८ को तहमा आएपछि बजार बाउन्स ब्याक भएको थियो । यस हिसाबले बजारमा केही समय अझै साइडवेज चल्न सक्ने देखिन्छ । आरएसआई हाल ४२ को तहमा पुगेको छ । घट्दो बजारमा यस्तो विन्दु ३० आसपास पनि आउन सक्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार हाल तल्लो ब्याण्ड नजिक आएको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । समग्रमा हालको बजार बियरिस यात्राको निरन्तरता देखिएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.