काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ , कम्पनी गत आवको चौथो त्रैमाससम्म घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्यु्त त्रिक्री आम्दानी भने घटेको छ । यो अवधिसम्म विद्युत बिक्रीमार्फत कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.१७ प्रतिशतले कम हो ।
यस्तै कम्पनीले १३ करोड ३ लाख अन्य आम्दानी गरेको छ ।
कम्पनीको कर्मचारी खर्च ६७ लाख ३७ हजार रुपैयाँबाट बढेर ८१ लाख १६ हजार रुपैयाँ र प्रशासनिक खर्च ६१ लाख ८ हजार रुपैयाँबाट बढेर ८६ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्त खर्च भने ५ करोड १७ लाखबाट घटेर ३ करोड ४६ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार पनि १ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३४.६६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९६.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८४.४३ रुपैयाँ र तरलता अनुपात ८१.३४ प्रतिशत कायम भएको छ ।