IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 04:56:51
IME remit
Global IME Bank Limited

स्वाबलम्बन लघुवित्तले कमायो रु.४४.२६ करोड नाफा, लाभांश क्षमता १७.६०%

Hyundai Nepal
स्वाबलम्बन लघुवित्तले कमायो रु.४४.२६ करोड नाफा, लाभांश क्षमता १७.६०%
Shivam Cement

काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म ४४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २३.०४ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । 

अघिल्लो आवमा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो संस्थाले गत आवमा १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस हिसाबमा संस्थाको ब्याज आम्दानी २०.७७ प्रतिशत वृद्धि भएको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

साथै कमिसन आम्दानी २१.२२ प्रतिशतले बढेर ३६ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३० करोड १९ लाख रुपैयाँ थियो । आम्दानी र नाफा बढेपनि संस्थाको खराब कर्जा भने बढ्न पुगेको छ । अघिल्लो आवमा ७.९२ प्रतिशत मात्रै रहेको संस्थाको एनपीएल गत आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ । 

साथै सिडि रेसियो सामान्य घटेर १२०.९८ प्रतिशत, बेस रेट १३.६८ प्रतिशत र स्प्रेड दर ७.२६ प्रतिशत पुगेको छ । संस्थाले गत आवको लागि भने २९ करोड १५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ भने लाभांश क्षमता १७.६० प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको इपीएस २६.०४ रुपैयाँबाट बढेर २७.८९ रुपैयाँ पुगेको छ भने नेटवर्थ २२७.०५ रुपैयाँ, पीई रेसियो ३१.६० गुणा र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.