काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ४१ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी ३ करोड ७२ लाख बढी घाटामा थियो ।
आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । कम्पनीले २३ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
यस्तै कम्पनीले ५ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीको वित्त खर्च भने २८ करोड ५१ लाख रुपैयाँबाट घटेर २३ करोड ४२ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भको आकार ९५ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीले यो अवधिसम्म २ अर्ब ५७ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३३.२९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ २३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७१.४५रुपैयाँ र तरलता अनुपात ०.३२ प्रतिशत कायम भएको छ ।