शनिबार, जेष्ठ २,२०८३ 09:39:36
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:39:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास

Laxmi Sunrise Bank Limited
आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास
Shivam Cement

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) नाफा ३२.९५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ९७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४.०६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ अर्ब १७ करोड रहेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ बढेको छ । अघिल्लो आवमा ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आवमा ६. ३७ रहेको ईपीएस घटेर ३.९७ प्रतिशतमा खुम्चिएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.०३ रुपैयाँ,पीई अनुपात ७३.७९ गुणा र तरलता अनुपात ८३.०७ प्रतिशत कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.