काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २७ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार भने बढेको छ । कारोबारको पहिलो प्रहरमा २८ सयसम्म पुगेको बजार त्यसपछिको कारोबारमा भने बिस्तारै घट्दै गयो ।
बजारलाई मूभिङ एभरेजबाट नियाल्दा ३ हजारको विन्दुबाट खसेको बजार आज ५० दिने मूभिङ एभरेज अर्थात २७६० विन्दु बलियो सपोर्ट नजिक आएको छ ।
बजारलाई फिवोनासीबाट नियाल्दा पनि आज नेप्से ०.६१ प्रतिशतको करेक्सनमा आइपुगेको छ । यस हिसाबले पनि आज अबको कारोबारबाट बजार सम्हालिन सक्ने अधिक सम्भावना रहन्छ । जसलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा आज बजार ओभर सोल्ड जोन १७ को विन्दुमा आएको छ ।
३ हजारको बिन्दुबाट मनी फ्लो इन्डेक्समा वियरिस डाइभर्जेन्स बनाएर खसेको बजारले २७६० विन्दु आसपासमा बुलिस डाइभर्जेन्स बनाउन सक्ने देखिन्छ । जसको लागी अझै एक–दुई दिनको कारोबार नियाल्नु पर्छ । यदि ओभर सोल्ड जोनमा ‘डब्लु प्याटर्न’ वा ‘बुलिस डाइभर्जेन्स’ देखिएको खण्डमा बजारले युटर्न लिन सक्ने अधिक सम्भावना रहन्छ ।
यद्यपी अहिलेसम्म त्यो अवस्था बनिसकेको भने छैन । बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डसम्म बजार आएको छ भने म्याक्डीमा बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ नै छन् । यस हिसाबले बजार एउटा बलियो सपोर्ट जोन नजिक आएको देखिन्छ । जसलाई बजारले रेक्सपेक्ट गर्छ वा गर्दैन भन्ने निक्र्यौल भने आगामी कारोबारले मात्रै थप पुष्टि गर्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।