काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा समेत बढोत्तरी आएको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।