मंगलवार, भाद्र ३,२०८२ 08:48:38
  • मंगलवार, भाद्र ३,२०८२ 08:48:38
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई अप बन्दैँ

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, भोल्युम पनि ड्राई अप बन्दैँ
Shivam Cement

काठमाण्डौ । आज बजार दिनभर सामान्य नै रह्यो । ६ अंकले बढेको बजारमा आज अघिल्लो दिनको तुलनामा कारोबार भने घट्यो । पछिल्लो बजारलाई कारोबारबाट नियाल्दा बजारमा बिस्तारै कारोबार रकम ड्राई अप बन्दै गरेको देखिन्छ ।  

आज नेप्सेमा ५ अर्ब ६३ करोडको कारोबार भएको छ । यसअघि जेठ २१ गते ५ अर्ब १६ करोडको सेयर कारोबार भएको थियो । यसले लगानीकर्ताहरु घटेर सेयर बेच्न पनि नचाहेको र बढेर खान पनि नचाहेको भन्ने बुझिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा बिस्तारै बिक्रीकर्ता हराउँदै गरेको मान्न सकिन्छ । यस अघि पनि सपोर्ट जोनमा यस्तै प्रकृतिको क्याण्डल बनेपछि बजार अप ट्रेन्डमा चलेको देखिन्छ ।

बजारले फिवोनासी रिट्रेसमेन्टको ०.६१ प्रतिशतमा आएर घट्न रोकिएको देखिन्छ । त्यसैगरि, ५० दिने मुभिङ एभरेजको रेखामा आएर सपोर्ट लिएको देखिन्छ । पिभट् प्वइन्टमार्फत नियाल्दा आगामी दिनमा बढेमा २८१६,२८४७ र २९०७ को विन्दुमा प्रतिरोध लिनसक्छ भने घटेमा भने बजारले २७५६,२७२४ र २६६५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

आज करिब २७७७ को विन्दुमा बन्द भएको बजार यदि आगामी दिनमा २८ सयको मनोबैज्ञानिक विन्दु भन्दा माथि टिक्छ भने बजारमा पुनः एकपटक अप ट्रेन्डको सम्भावना रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.