आईतवार, जेष्ठ ३,२०८३ 04:06:56
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:06:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसआइपीमा प्रतिफल : ७ वटा योजनाको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
एसआइपीमा प्रतिफल : ७ वटा योजनाको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । हालसम्म ७ वटा खुलामुखी सामूहिक लगानी योजनाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)सञ्चालन गरेका ७ मर्चेण्ट बैंकले खुलामुखी योजनाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।  

हाल नेपालमा ९ वटा खुलामुखी योजना सञ्चालनमा छन् । तर दुई खुलामुखी योजना केही महिनाअघि मात्रै सञ्चालनमा आएकाले लगानीकर्तालाई लाभांश घोषणा गरेका छैनन् भने ७ वटाले लाभांश घोषणा गरेका हुन् ।  

एसआइपीका लगानीकर्तालाई लाभांश घोषणा गर्ने खुलामुखी योजनाहरुमा एनआइबीएल एस क्यापिटलद्वारा सञ्चालित एनआइबीएस सहभागीता फण्ड, एनआइसी एशिया क्यापिटलको एनआइसी एशिया डायनामिक डेब्ट फण्ड, नबिल इन्भेष्टमेन्ट बैंकिङको नबिल फ्लेक्सी क्याप फण्ड, लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्म कोष, सिद्धार्थ क्यापिटल लिमिटेडको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना र एनएमबि क्यापिटलको एनएमबी सरल बचत–ई रहेका छन् ।  

त्यस्तै, सानिमा क्यापिटलको सानिमा फ्लेक्सी क्याप फण्ड र प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम भने ६ महिनाअघि मात्रै सञ्चालनमा आएकाले लाभांश घोषणा गरेका छैनन् ।  

यी मर्चेण्ट बैंकहरुले एसआइपी सञ्चालन गरेर खुलामुखी योजनाको आकार बढाइरहेका छन् । मर्चेण्ट बैंकहरुले सेयरबजार, ऋणपत्र तथा मुद्दती निक्षेपमहरुमा लगानी गरी त्यसबाट आर्जित मुनाफाको आधारमा एसआइपीका लगानीकर्ताहरुलाई प्रतिफल बाँडेका हुन्छन् ।  

Bizshala
New Office
CG Motors

गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश बाँड्ने खुलामुखी योजनामा शुभ लक्ष्मी कोष रहेको छ । यो योजनाले १६ प्रतिशत नगद लाभांश बाँडेको छ ।  

त्यस्तै, नबिल फ्लेक्सी क्याप फण्डले ९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५.५५ प्रतिशत र एनएमबी सरल बचत–ई ले ४।२७ प्रतिशत लाभांश दिएको छ ।  

७ म्युचुअल फण्डको लाभांशलाँई आधार मान्दा यस वर्ष एसआइपी सञ्चालन गरेका खुलामुखी योजनाले दिएको औषत लाभांश ८.३९ प्रतिशत रहेको छ । यसरी एसआइपीमा लगानी गर्दा सेयरबजारमा गरेको लगानी जस्तो जोखिम नहुने देखिन्छ ।  

खुलामुखी योजनाहरु सेयरबजारमा सूचीकृत हुँदैनन् । मर्चेण्ट बैंकहरुले एसआइपी सञ्चालन गरेर लगानीकर्ताबाट संकलित लगानी रकम यस्ता खुलामुखी योजनाका इकाईहरुमा लगाएका हुन्छन् र वार्षिक रुपमा आर्जित मुनाफाबाट केही प्रतिशत प्रतिफल बाँडेका हुन्छन् ।  

तुलनात्मक रुपमा हेर्दा एसआइपीमा लगानी गर्दा सेयरबजारमा भन्दा बढी सुरक्षित मान्न सकिन्छ । सेयबजार मुख्यतः अहिले ट्रेडको लागि उपयोगी रहेको देखिन्छ भने दीर्घकालिन लगानीका लागि भने यस्ता एसआइपीमा लगानी गर्दा उचित हुनसक्छ । एसआइपी सञ्चालन गरिरहेका मर्चेण्ट बैंकहरुले कम्तिमा एक वर्ष पुराना भइसकेका खुलामुखी योजनाहरुले लाभांश बाँडेका हुन्छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.