काठमाण्डौ । विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । जसअन्तर्गत मेरोमाइक्रोफाइनान्स लघुवित्तको १ लाख ७२ हजार ३७२ कित्ता, स्वावलम्बन लघुवित्तको ८४ हजार ६५ कित्ता, कालिका लघुवित्तको ७ हजार ९३८ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता गरी कुल २ लाख ६५ हजार ७२० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो ।
मेरोमाइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ, स्वावलम्बन लघुवित्तको ३७५ रुपैयाँ, कालिका लघुवित्तको ३३० र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको १०० रुपैयाँ निर्धारण गरिएको छ । यीे सेयर खरिदका लागि जो सुकै कम्पनी, व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा मेरो माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्तको न्यूनतम ५ हजार कित्ता, कालिका लघुवित्तको १ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानाीकर्ताले मुक्तिनाथ क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ र आवेदन पेश गर्ने अन्तिम मिति भदौ २४ गते निर्धारण गरिएको छ ।