काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत भएको छ । भदौ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेको राजीनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउदै सोही दिन राजीनामा पेश गरेकी थिइन् । उनले सर्वसाधारण सेयरधनीका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।