काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ५४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज २ अर्ब २५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३९.७८ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ६०.२२ प्रतिशत सेयर बिक्री भएको छ।
