शुक्रबार, असार १९,२०८३ 03:56:18
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:56:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

Pre-IPO’ नाममा सेयर बिक्री नगर्न नेपाल धितोपत्र बोर्डको चेतावनी

Laxmi Sunrise Bank Limited
Pre-IPO’ नाममा सेयर बिक्री नगर्न नेपाल धितोपत्र बोर्डको चेतावनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘Pre-IPO’ को नाममा सेयर बिक्री नगर्न तथा नगाराउन सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। पछिल्लो समय विभिन्न संगठन तथा संस्थाहरुले सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल र एसएमएसमार्फत भविष्यमा सार्वजनिक निष्कासन हुने भन्दै सेयर खरिद गर्न आग्रह गरी अवैध रूपमा पैसा उठाउने घटना देखिएको बोर्डले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

बोर्डका अनुसार यसरी अनधिकृत रूपमा रकम संकलन गरी सेयर बिक्री वितरण गर्ने कार्य पूर्ण रूपमा गैरकानूनी हो। हालै बोर्डमा यस सम्बन्धमा गुनासो समेत दर्ता भएको र यस्तो गतिविधि तत्काल रोक्नका लागि लगानीकर्तालाई सचेत गराइएको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा Pre-IPO नामक कुनै व्यवस्था नरहेको स्पष्ट पार्दै बोर्डले सार्वजनिक निष्कासन नगरेसम्म कुनै पनि संगठन वा संस्थाले सेयर खरिद–वितरण गर्न नपाउने जनाएको छ। बोर्डको पूर्वअनुमति बिना गरिने यस्तो कार्य ऐन विपरीत भएकाले यसमा संलग्न हुने कार्य नगर्न तथा नगाराउन बोर्डले जोड दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्तालाई आकर्षित गर्न ‘Pre-IPO’ नाम प्रयोग गरी भइरहेको भ्रामक प्रचारप्रति बोर्डले गम्भीर ध्यानाकर्षण गराउँदै यस्तो कार्यमा संलग्न नहुन र अरुलाई पनि नगराउन आग्रह गरेको छ।

बोर्डले भनेको छ, ‘‘सार्वजनिक निष्कासन नगरेका सेयर खरिद/वितरण गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरिन्छ। यस किसिमको अवैध कार्य कानूनी कारबाहीको दायरामा पर्छ।’’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.