काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०८०/८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.३६८४ प्रतिशत लाभांश दिएको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
यो सेयर अब भोलिको कारोबारदेखि दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ ।