काठमाण्डौ । दिनभर सामान्य उतारचढावपूर्ण रहेको सेयरबजार आज अन्त्यमा सामान्य अंकले बढेर बन्द भयो । आजकोे कारोबारको अन्तिम घण्टामा कारोबार तथा भोल्युम बढ्यो । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा ५० दिने मुभिङ एभरेज रेखामा प्रतिरोध सामाना गरेको छ ।
क्याण्डल स्टिकबाट नियाल्दा आज ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारले रिभर्सल लिन सक्ने सम्भावना रहन्छ । आरएसआई भने हाल ओभर सोल्ड जोन नजिकबाट फर्केर ४३ को तहमा पुगेको छ । म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका छन् ।
यसले बजार बिस्तारै सम्हालिदै गरेको बुझिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर सोल्ड जोन १२ बाट फर्केर आज २५ को तहमा पुगेको छ । सबै इन्डिकेटरबाट नियाल्दा बजार सम्हालिन खोजेको मान्न सकिन्छ । कारोबारबाट नियाल्दा आज बजारमा ५ महिना पछिकै न्यून कारोबार भएको छ ।
यसअघि पनि कारोबार सुस्त बनेपछि बजारमा रिभर्सल देखिएको थियो । बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा भने हालसम्म पनि क्यारेक्टर चेञ्च गरेको अबस्था छैन । यस हिसाबले आगामी कारोबारमा बजार २७८० विन्दु भन्दा माथि टिकेको खण्डमा बजारले माथिको यात्रा तय गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।