बिहीबार, असार १८,२०८३ 07:46:56
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:46:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशियाका ग्राहकले सिपी हस्पिटलको सेवामा २०% सम्म छुट पाउने

Laxmi Sunrise Bank Limited
एनआईसी एशियाका ग्राहकले सिपी हस्पिटलको सेवामा २०% सम्म छुट पाउने

काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्यउपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता भएको छ ।  

यस समझदारीसँगै यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बताइएको छ । 

New Office
CG Motors
Garima Development Bank

यो बैंकका ग्राहके ओपिडी, प्याथोलोजी, एक्सरे, यूएसजी, इन्डेसकोपी, कोलोनोसकोपी, नर्मल बेड, एचडूयू बेड वा आईसीयू, एसी क्याबिन, सर्जरी, मेडिसिन, सिटी स्क्यान जस्ता सेवाहरुमा सो छुट सुविधा प्रयोग गर्नसक्ने बताइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सुविधा प्रयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.