एनआईसी एशियाको 'व्यापार रफ्तार': तीन सातामै १० अर्ब बराबरको कर्पोरेट लोनको प्रतिबद्धता, सेयर कर्जामा फाइलको चाङ
काठमाण्डौ । गुम्दै गएको साख जोगाउँदै सुधारको नयाँ अभियानमा समाहित एनआईसी एशिया बैंकले व्यापारलाई तीव्र गतिमा बढाउन थालेको छ । प्रमुख कार्यकारी अधिकृतको रुपमा सुजितकुमार शाक्यको प्रवेशसँगै बैंकले कर्पोरेट लोनमा उल्लेख्य प्रगति गरिरहेको छ भने शून्य प्रिमियममा सार्वजनिक गरिएको सेयरधितो कर्जामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

