आईतवार, जेष्ठ ३,२०८३ 07:37:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:37:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशियाको 'व्यापार रफ्तार': तीन सातामै १० अर्ब बराबरको कर्पोरेट लोनको प्रतिबद्धता, सेयर कर्जामा फाइलको चाङ

Laxmi Sunrise Bank Limited
एनआईसी एशियाको 'व्यापार रफ्तार': तीन सातामै १० अर्ब बराबरको कर्पोरेट लोनको प्रतिबद्धता, सेयर कर्जामा फाइलको चाङ
Shivam Cement

काठमाण्डौ । गुम्दै गएको साख जोगाउँदै सुधारको नयाँ अभियानमा समाहित एनआईसी एशिया बैंकले व्यापारलाई तीव्र गतिमा बढाउन थालेको छ ।  

प्रमुख कार्यकारी अधिकृतको रुपमा सुजितकुमार शाक्यको प्रवेशसँगै बैंकले कर्पोरेट लोनमा उल्लेख्य प्रगति गरिरहेको छ भने शून्य प्रिमियममा सार्वजनिक गरिएको सेयरधितो कर्जामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । 

Bizshala
New Office
CG Motors

बैंकका सीईओ शाक्यका अनुसार पछिल्लो तीन साताको प्रयासमा विभिन्न ७ वटा हाइड्रोपावर प्रोजेक्टहरुमा एनआईसी एशियाले १० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । यी सबै प्रोजेक्टहरुमा बैंकले कन्सोर्टियम पार्टनरको रुपमा लगानीको प्रतिबद्धता सम्बन्धी सम्झौता टुंगो लगाएको हो ।  

सम्झौता गरिएका अधिकांश जलविद्युत परियोजनाहरु निर्माणको चरणमा रहेका छन् । बैंकले आफ्नो लोन पोर्टफोलियोलाई निकट भविष्यमै कर्पोरेटमा ३० प्रतिशतको हिस्सा बनाउने गरी सुधार गर्न खोजिरहेको छ ।  

सीईओको रुपमा बैंकमा प्रवेश भएसँगै शाक्यले यसअघि एनआईसी एशियाले पर्याप्त बल नै नगरेको कर्पोरेट क्षेत्रमा लगानी बढाउन खोजिरहेको छ । विगतका केही विवादास्पद व्यवहार र कार्यशैलीले कर्पोरेट सेक्टरमा क्लाइन्टहरु रिसाएका विषयलाई मिलाउँदै शाक्यले नयाँ विश्वास कायम गर्ने गरी रणनीतिक ढंगले काम गरिरहेका देखिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

सेयरलोनमा आकर्षण

यसैबीच, शाक्य आएको केही दिनमै घोषित शून्य प्रिमियमको सेयरधितो कर्जामा समेत लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । आधारदरमै सेयरधितो कर्जा पाइने भएपछि यस्तो प्रडक्ट घोषणा भएको एकहप्ताभित्रै १ अर्ब बढीको लोन स्वीकृत भइसकेको छ । बाँकी ४ ५ अर्बको प्रस्ताव समेत आइसकेको सीईओ शाक्यले जानकारी दिए । 'हाम्रो कुल एपेटाइट ८ अर्ब जति हो । पहिला नै साढे २ अर्ब गइसकेको थियो । १ अर्ब थपिएपछि साढे ३ अर्ब जति पुगिसक्यो । अब आएका फाइल स्वीकृत भएपछि सेयरधितो कर्जाको एपेटाइट पनि पूरा हुन्छ ।'-शाक्यले बिजशालासँग भने ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.