बिहीबार, असार १८,२०८३ 07:47:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:47:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

काठमाण्डौ । एनआईसी एशिया बैंक ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स(पीक्याफ)’ को सदस्य बनेको छ । पीक्याफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा सुरुवात गरिएको विश्वव्यापी पहल हो । यसले आवद्ध सदस्यहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ।

६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहसहित पीक्याफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। पीक्याफसँग साझेदारी गरेर एनआईीि एशिया बैंकले आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।  

New Office
CG Motors
Garima Development Bank

आधारभूत रुपमा वर्तमान सहयमा विश्व वातावरणमैत्री अभ्यासतर्फ अग्रसर भईरहेको सययमा एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट मापन तथा रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु–मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’  एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

एनआईसी एशिया बैंकले  ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.