आईतवार, जेष्ठ ३,२०८३ 11:36:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:36:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर

Laxmi Sunrise Bank Limited
नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर
Shivam Cement

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले देशका कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने बताएका छन् ।  

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले सोमबार काठमाण्डौमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Bizshala
New Office
CG Motors

‘बचतकर्तालाई सुरक्षित गरिने हामीसँग मेकानिजम छ । राष्ट्र बैंकबाट रेगुलेटेड कुनै पनि संस्था डुब्दैनन ।’ उनले भने ।  

उनले एनआईसी एशियालाई अप्ठ्यारो परेको बेला केही बैंकहरु नै नियोजित ढंगले लागेका भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।  

'केही बैंकहरु नै एउटा बैंकलाई समस्या पर्दा खुशी देखिए । उनीहरुले अरुलाई खाने बाघले हामीलाई पनि खान्छ भन्ने कुरा बिर्सिए ।' गभर्नर अधिकारीले भने-'एउटा बैंक डूब्नु भनेको एउटा संस्था मात्र डूब्नु होइन, अर्थतन्त्रमै समस्या आउनु हो । त्यसले कुनै बैंकलाई बाँकी राख्दैन । विरुद्धमा लाग्नेहरुको चुल्होसम्म प्रभावित हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।' 

अर्को एक प्रसंगमा उनले एनआईसी एशिया बैंकबाट पछिल्लो समय दुष्प्रचार गरी निक्षेप झिकिए पनि आफूहरुले लिएको कर्जा निक्षेप अनुपातसम्बन्धी सही व्यवस्थाका कारण बैंकलाई धेरै अप्ठ्यारो नपरेको समेत जिकिर गरे । केही अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गर्दै उनले भने,‘हामीले लिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण पनि बैंकलाई समस्या नपरेको हो । यस्तो अनुपात हाल ९० प्रतिशत छ । केहीले ९५ प्रतिशत गर्न भन्दै अभियान चलाए । केहीले हामीले लिएको नीतिविरुद्ध लेखे, लेख्न लगाए । तर आज त्यो व्यवस्था ठीक थियो भन्ने कुरा फेरि पनि प्रमाणित भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.