आईतवार, जेष्ठ ३,२०८३ 12:28:50
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:28:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशियाको खराब कर्जामा सुधार, वितरणयोग्य नाफा ६ अर्ब बढीले ऋणात्मक

Laxmi Sunrise Bank Limited
एनआईसी एशियाको खराब कर्जामा सुधार, वितरणयोग्य नाफा ६ अर्ब बढीले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडको खराब कर्जाको अनुपातमा सुधार हुन थालेको छ । बैंक व्यवस्थापनले रिकभरिमा ध्यान दिंदा खराब कर्जा अनुपात बिस्तारै सुधार हुन थालेको देखिएको हो ।  

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको शुक्रबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपातमा सुधार भई १.७४ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको यही त्रैमासमा २.०८ प्रतिशत थियो । यसरी खराब कर्जाको अनुपात अघिल्लो वर्षको तुलनामा १६.३४ प्रतिशतले सुधार भएको देखिएको छ । 

Bizshala
New Office
CG Motors

खराब कर्जामा सामान्य सुधारसँगै बैंकको नाफा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ११ करोड खूद नाफा कमाएको बैंकको चालु आर्थिक वर्षको सोही अवधिको नाफा १२ करोड २१ लाख देखिएको छ ।  

बैंकको खूद ब्याज आम्दानी चाहिँ घटेको देखिएको छ । ब्याजदरमा भएको गिरावट लगायतका कारणले यस्तो अवस्था आएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५५ करोडमा सीमित खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा २ अर्ब २८ करोडमा सीमित बन्न पुगेको हो ।  

अघिल्लो वर्षको १७ करोड ३८ लाख रहेको सञ्चालन नाफा बढेर १९ करोड ३५ लाखको  उचाईमा पुगेको छ भने कर्जा तथा सम्भावित नोक्सानी व्यवस्थापनका लागि बैंकले १ अर्ब १८ करोड ६४ लाख बढी रकम इम्प्येरमेन्ट चार्जको रुपमा राखेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड ४३ लाख बढी रकम राखेको थियो ।  

नाफामा आएको बढोत्तरीले बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म रहेको इपीएस २.९१ रुपैयाँ रहेकोमा बढेर ३.२१ रुपैयाँ कायम भएको हो ।

समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्वीटी(आरओई) १.६२ प्रतिशत, रिटर्न अन एसेट ०.१२ प्रतिशत, कस्ट अफ फण्ड ४.६० प्रतिशत र सीडी रेसियो ६६.०८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा आरओई १.४३ प्रतिशत, आरओए ०.११ प्रतिशत, कस्ट अफ फण्ड ६.३० प्रतिशत र सीडी रेसियो ७९.१४ प्रतिशत रहेको थियो ।  

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २१ करोड वितरणयोग्य घाटा व्यहोरेको यो कम्पनीको यस्तो घाटा समीक्षा अवधिमा भने अझ बढेर ६ अर्ब २४ करोड माथि पुगेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

 समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ३७ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब १९ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब बढी कर्जा परिचालन गरेको थियो । यसरी बैंकको निक्षेप संकलनमा सुधार देखिए पनि कजा प्रवाह भने घटेको देखिएको छ । नयाँ कर्जा विस्तार भन्दा पुरानो कर्जाको रिकभरिमा ध्यान दिंदा यस्तो अवस्था बनेको हो ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  रु. १९८.७४, मूल्य आम्दानी अनुपात ९७.७३ गुणा, तरलता अनुपात ४३.४२ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.१२ प्रतिशत कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.