मंगलवार, जेष्ठ ५,२०८३ 11:13:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल आयल निगमबाट डिजेल र हवाई इन्धनको मूल्य समायोजन, पेट्रोल र ग्यास यथावत

Laxmi Sunrise Bank Limited
नेपाल आयल निगमबाट डिजेल र हवाई इन्धनको मूल्य समायोजन, पेट्रोल र ग्यास यथावत
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। भारतीय आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले केही पदार्थको खुद्रा मूल्य घटाएको हो।

निगमका अनुसार, डिजेल र मटितेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, दोस्रो वर्गमा १७९ रुपैयाँ र तेस्रो वर्गमा १८० रुपैयाँ कायम गरिएको छ।

Bizshala
New Office
CG Motors

तर पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ।

त्यस्तै, हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंका लागि ७ अमेरिकी डलरले मूल्य घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ मूल्य विवरण (२०७९/०४/१६ देखि लागू)

डिजेल/मटितेल:

-पहिलो वर्ग: रु १७८ प्रति लिटर

-दोस्रो वर्ग: रु १७९ प्रति लिटर

-तेस्रो वर्ग: रु १८० प्रति लिटर

-हवाई इन्धन (आन्तरिक): रु १९२ प्रति लिटर

हवाई इन्धन (अन्तर्राष्ट्रिय):

-काठमाडौं: $१,१६६

-पोखरा: $१,३७२

-भैरहवा: $१,३७५

नोट: पहिलो वर्गमा चारकोटे, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, प्रमनपुर र धरान समावेश छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ, र तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन्।

निगमका अनुसार पेट्रोल र ग्यासको मूल्य तत्काल परिवर्तन नगर्ने निर्णय गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.