काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको छ ।
उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने योजना रहेको छ ।
कम्पनीका अनुसार यो अफर भदौ १६ गतेदेखी कार्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।